२६ जेठ २०८३, मंगलबार

एथलेटिक्स संघको अध्यक्षमा शाह पुन: निर्विरोध निर्वाचित

साउन १४, २०८२
काठमाडौं
एथलेटिक्स संघको अध्यक्षमा शाह पुन: निर्विरोध निर्वाचित

​राजीवविक्रम शाह नेपाल एथलेटिक्स संघको अध्यक्षमा पुन:निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा राधाकृण विष्ट र कोषाध्यक्षमा मोहनबहादुर घले निर्विरोध भए ।

सदस्यमा सञ्जीव तुलाधर, अञ्जु चौधरी, दीलबहादुर वम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोहम्मद जाउल हक, शिवलाल आचार्य र पदमा चौधरी निर्विरोध निर्वाचित भए ।

अध्यक्ष शाहले पछि बैठकबाट अनुमोदन हुने गरी सञ्जीव तुलाधरलाई महासचिवको जिम्मेवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्