१४ असार २०८३, आइतबार

पर्सामा अवाञ्छित क्रियाकलाप गरेको आरोपमा १६ युवा पक्राउ

साउन १४, २०८२
काठमाडौं
पर्सामा अवाञ्छित क्रियाकलाप गरेको आरोपमा १६ युवा पक्राउ

भारतसँग सिमाना जोडिएको पर्साको भित्री नाकामा अवाञ्छित क्रियाकलाप गरेको आरोपमा प्रहरीले १६ युवालाई पक्राउ गरेको छ । 

बुधबार बिहान ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित जानकीटोल चोकबाट पक्राउ उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा, बारा, सिरहा र धनुषा जिल्लाका युवाहरू छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय सुजित पटेल, त्यही वडाका ३० वर्षीय राहुल यादव, २३ वर्षीय श्यामसुन्दर यादव, २९ वर्षीय दिनानाथ पटेल, २५ वर्षीय दिपेन्द्र पासवान, वीरगञ्ज–१४ का २४ वर्षीय एजे दास, २१ नम्बर वडाका २५ वर्षीय फिरोज अन्सारी र २३ वर्षीय देवनारायण राम रहेका पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार १३ नम्बर वडाका २६ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज–२३ का २६ वर्षीय टलकबहादुर केसी, ठोरी गाउँपालिका–४ का २७ वर्षीय रोहन बुढाथोकी, धोबिनी गाउँपालिका–३ का २९ वर्षीय रिजवान हवारी, विन्दवासिनी गाउँपालिका–२ का २७ वर्षीय नितेश मुखिया, सिरहाको धनगढीमाई नगरपालिका–१० का २८ वर्षीय दिनेश कुमार श्रेष्ठ, धनुषाको छिरेश्वर नगरपालिका–१ का ३५ वर्षीय जितेन्द्र कुमार यादव र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ का २८ वर्षीय मनुप अछामी छन् ।

प्रहरीका अनुसार उनीहरू सीमावर्ती क्षेत्रमा लागूऔषध सेवन गरी नेपाल प्रवेश गरेपछि होहल्ला, झैं–झगडा, सवारी दुर्घटना र आपराधिक गतिविधिमा संलग्न हुँदै आएको सूचना तथा जनगुनासोपछि विशेष निगरानीमा लिइएको थियो । संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा ती व्यक्तिहरूले प्रहरीसँग अभद्र व्यवहार समेत गरेको डीएसपी लम्सालले बताए । 

पक्राउ परेकाहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्