२३ जेठ २०८३, शनिबार

मनसुन भित्रिएको दुई महिनासम्म देशभर सरदरभन्दा कम वर्षा

साउन १५, २०८२
काठमाडौं
मनसुन भित्रिएको दुई महिनासम्म देशभर सरदरभन्दा कम वर्षा

नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं-मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो । 

गत जेठ १५ गते (मे २८)मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । 

असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । 

मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भएको छ । पानी नपरेपछि मधेशमा पूरै रोपाइँ हुन सकेको छैन । 

पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको थियो भने सङ्घीय सरकारले यही साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्