०५ साउन २०८३, मंगलबार

खाद्य अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री अधिकारी

साउन १५, २०८२
काठमाडौं
खाद्य अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री अधिकारी
फाइल तस्वीर

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त राष्ट्रसंघ खाद्य प्रणाली रूपान्तरण स्टेक टेक समिटको उद्घाटन सत्र तथा मन्त्रीस्तरीय बैठकमा नेपाल सरकारको तर्फबाट सम्बोधन गरेका छन्।

साउन ११ देखि १३ गतेसम्म इथियोपियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री अधिकारीले नेपाल सरकार कल्याणकारी राज्यको अवधारणाअनुसार खाद्य अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । 

उनले खाद्य अधिकारलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको स्मरण गराउँदै सो हक कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन र नियमावली जारी गरिएको बताए।

यस व्यवस्थालाई केवल कानुनी प्रावधानको रूपमा मात्र नभई राजनैतिक तथा नैतिक दायित्वको रूपमा पनि व्याख्या गर्दै उनले भने, 'यसले हाम्रो राष्ट्रिय प्रयासलाई दिशानिर्देश गर्छ ।'

सम्मेलनमा सहभागी देशका मन्त्रीहरूमाझ मन्त्री अधिकारीले नेपालका तर्फबाट खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र आगामी योजनाबारे समेत जानकारी गराएका थिए।

salt training

कमेन्ट गर्नुहोस्