०६ असार २०८३, शनिबार

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

साउन १५, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका-१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट मंगलबार पक्राउ गरेको हो । 

साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसादलाई बूढानीलकण्ठ नगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्