२२ असार २०८३, सोमबार

कोटेश्वरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

साउन १५, २०८२
काठमाडौं
कोटेश्वरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१ ००४ ख ३२८७ नम्बरको ट्यांकरले बा प्र ०२ ०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्