
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको हो । अघिल्लो दिन बुधबार परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा बन्द भएको थियो ।
बिहीबार बजारमा ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रूपैयाँको कारोबार भएको छ ।
आज ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, भूगोल इनर्जी माई खोला हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले घाटा बेहोरेका छन् ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३३ करोड ८८ लाख १६ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
यस्तो रह्यो साताको कारोबार
साताको पहिलो कारोबारका दिन दोहोरो अंकले घटेर खुलेको सेयर बजार साताको अन्तिम दिन पनि दोहोरो अंकले घटेर बन्द भएको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा बन्द भएको थियो । त्यसैगरी सोमबार ७.१० अंकले सेयर बजारमा वृद्धि भएको थियो ।
साताको तेस्रो कारोबारका दिन ममंलबार सेयर बजारमा ३०.७६ अंकको वृद्धि हुँदै परिसूचक ३००२.०७ को विन्दुमा अडिएको थियो ।
बुधबार एकै दिन ४७.९३ अंकले बजारमा गिरावट आयो । र, साताको अन्तिम कारोबारका दिन बिहीबार ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको छ ।