०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, कर्णाली र सुदूरपश्चिमका हिमालमा दुई वर्ष सलामी शुल्क नलाग्ने

साउन १५, २०८२
काठमाडौं
प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, कर्णाली र सुदूरपश्चिमका हिमालमा दुई वर्ष सलामी शुल्क नलाग्ने

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ । 

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको भ्रमणमा जाने तय भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार जानकारी दिए । 

उनका अनुसार बैठकले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमालहरूमा आरोहणका लागि लाग्ने सलामी रकममा आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ । 

बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन:स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार्ने, रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार्ने निर्णय पनि गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए । 

साथै, सरकारले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई मुख्य रजिस्ट्रार​ पदमा बढुवा गरेको छ ।

बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा.उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका १८ निर्णय :

nullnull

salt training

कमेन्ट गर्नुहोस्