
बाढीबाट क्षतिग्रस्त भएको सिन्धुली सडकको आपतकालीन पुन:स्थापनाका लागि जापानले सहयोग गर्ने भएको छ ।
यसअघि उक्त सडकको निर्माणमा समेत जापानले सहयोग गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सडकको पुन:स्थापनाका लागि जापान सरकारले दिने २.८ अर्ब जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
गत साल असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गलाई क्षतिग्रस्त बनाएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २६ अर्ब येन खर्च गरेर धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक निर्माण गरेको थियो ।
जापान सरकारको आर्थिक सहयोग निर्माण गरिएको बीपी राजमार्गमा २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।