२८ असार २०८३, आइतबार

लागूऔषधसहित काठमाडौंमा ६ जना पक्राउ

साउन १५, २०८२
काठमाडौं
लागूऔषधसहित काठमाडौंमा ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको  छ।

प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालीकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् । 

राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद ८२ हजार ६३५ रूपैयाँ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्