
प्रहरीले काठमाडौंमा दुई फरक अपरेसन गरी एक किलो ८९४ ग्राम कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–३ ईचंगुनारायणबाट इरिट्रियका दुई जना क्रमशः युसुफ एटम र एन्ड्री मालीसेभलाई ३२ ग्राम कोकिनसहित पक्राउ गरेको हो ।
त्यस्तै, भारतीय नागरिकद्वय रुबिना अब्दुल्लाह शेख र अरुण प्रतापलाई एक किलो ५७४ ग्राम कोकिनसहित नियन्त्रणमा लिइएको ब्यूरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए ।
उनका अनुसार इरिट्रियनद्वयले ईचंगुनारयणमा कोकिन बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
भारतीय नागरिकद्वयलाई सिनामंगलकै एक होटलबाट पक्राउ गरिएको हो । रुबिना कोकिन लिएर आएकी थिइन् भने अरुण रिसिभ गर्न होटल पुगेका थिए ।