
गृहमन्त्री रमेश लेखकसित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले भेट गरेकी छन् ।
बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाबीच भेटवार्ता भएको हो ।
भेटमा हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् भइरहेको कामप्रति चासो व्यक्त गरिन् ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् ।
मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन सक्रिय रहेको जानकारी दिए ।
गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिन पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।