१२ असार २०८३, शुक्रबार

खोलामा डुबेर दुई किशोरको मृत्यु

साउन १५, २०८२
कपिलवस्तु
खोलामा डुबेर दुई किशोरको मृत्यु

कपिलवस्तुमा नुहाउन गएका दुई किशोरको खोलामा डुबेर मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय, पिपराका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका-५, कोपवाका वापस चौधरी र निशान चौधरी रहेका छन्।
प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा रहेको उक्त खोलामा बिहीबार साँझ उनीहरु नुहाउन गएका थिए। सोही क्रममा डुबेर उनीहरूको ज्यान गएको हो । 

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको थियो। मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरी निरीक्षक जिसीले बताए।

salt training

कमेन्ट गर्नुहोस्