०४ साउन २०८३, सोमबार

शुभमन गिलले तोडे गावस्करको ४७ वर्ष पुरानो रेकर्ड

साउन १६, २०८२
काठमाडौं
शुभमन गिलले तोडे गावस्करको ४७ वर्ष पुरानो रेकर्ड

भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान शुभमन गिलले सुनील गावस्करको ४७ वर्ष पुरानो रेकर्ड तोडेका छन् ।  इङ्गल्याण्ड विरुद्धको पाँचौं टेस्टमा ठूलो इनिङ नखेले पनि आउट हुनुअघि गिल टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय कप्तान बनेका हुन् । उनीभन्दा पहिले यो रेकर्ड भारतका महान ब्याट्सम्यान सुनील गावस्करको नाममा थियो।

गिलले इङ्गल्याण्ड विरुद्धको पाँचौं टेस्टको पहिलो दिन २१ रनको इनिङ खेले। यससँगै, उनले हालको शृङ्खलामा आफ्नो रन ७४३ पुर्‍याएका छन् । यो टेस्ट शृङ्खलामा भारतीय कप्तानले बनाएको सबैभन्दा धेरै रन हो । 

गिलले गावस्करको १९७८-७९ को प्रदर्शनलाई पनि उछिनेका छन् । भारतीय लेजेन्ड गावस्करले वेस्ट इन्डिजविरुद्ध ७३२ रन बनाएका थिए । 

तर, शुभमन गिलले आफ्नो इनिङ लम्ब्याउन भने सकेनन् । रन चोर्ने प्रयास गर्दा उनले आफ्नो विकेट गुमाए। गस एटकिन्सनले गिललाई सिधै थ्रोमा रन आउट गरे । 

गिलको निशानामा अब गावस्करको अर्को रेकर्ड छ । गावस्कर टेस्ट शृङ्खलामा सबैभन्दा धेरै ७७४ रन बनाउने भारतीय ब्याट्सम्यान हुन् । उनले १९७१ मा वेस्ट इन्डिज विरुद्धको आफ्नो डेब्यु शृङ्खलामा ७७४ रन बनाएका थिए । यदि शुभमन गिलले भारतको दोस्रो इनिङमा ४२ रन बनाए भने उनी गावस्करलाई उछिन्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्