
अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शितगंगा नगरपालिका- १२ बस्ने ३६ वर्षीय सन्दीपबहादुर कामी छन् ।
उनलाई एकनाले भरुवा बन्दुक १ थान, बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजका टुक्राहरूसहित बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।