१० साउन २०८३, आइतबार

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन

साउन १६, २०८२
काठमाडौं
तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन

काठमाडौँ महानगरपालिकाले वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुललाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन निर्देशन दिएको छ । 
 
उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेस गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । उनका अनुसार विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस गर्न निर्देशन दिइएको छ । अन्यथा कानुनबमोजिम अगाडि बढ्ने चेतावनीसमेत कामपाले दिएको छ ।

कामपा सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे रहेको झाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्