
कञ्चनपुर, २४ मंसिर - जारी मतगणनाको अन्तिम नजिजा सार्वजनिक भइरहँदा कञ्चनपुरमा वाम गठबन्धनले विजयी सुुरुवात गरेको छ । कञ्चनपूर निर्वाचन क्षेत्र नम्बर १ (क) वामगठबन्धका उम्मेद्वार तारालामा तामाङ्ग झण्डै दोब्बर मतले विजयी भएका छन् । खसेको मत मध्ये २९ सय गन्न बाँकी रहदा तामाङ्गले १८ हजार २७५ र उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपाल सिह गुरुङ्गले ८ हजार २१८ मत ल्याएका छन् ।
क्षेत्र नम्बर १(क)मा कूल ४३ हजार १७१ मतदाता मध्ये ३१ हजार ३ सय १ मत खसेको थियो ।
एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तामाङ्ग दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदसंग पराजित भएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार माओवादी केन्द्रकी बिना मगरले दोब्बरले अग्रता लिएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिवान सिह विष्ट भन्दा १० हजार १२ मतले पछाडि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार बिनाले २० हजार २ सय ७५ मत ल्याउँदा विष्टले १० हजार १२ मत ल्याएका छन् ।
अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा तर्फ ३१ हजार ७ सय ५८मत गणना भएका छन् । जिल्लाका अन्य प्रतिनिधि र प्रदेशसभामा पनि वामगठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।