०५ साउन २०८३, मंगलबार
मौसम पूर्वानुमान

मधेशसहित देशका केही ठाउँमा रातिदेखि वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

साउन १७, २०८२
काठमाडौं
मधेशसहित देशका केही ठाउँमा रातिदेखि वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायत ठाउँमा राति मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति काठमाडौं उपत्यकामा पनि पानी परेको थियो । यद्यपि, बिहानदेखि काठमाडौंमा पानी पर्न राोकिएको छ । 

आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसो गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । 

कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीका एक–दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्