२८ असार २०८३, आइतबार

अमेरिकामा बोइङ ७८७ ड्रीमलाइनर विमान आपतकालीन अवतरण

साउन १७, २०८२
काठमाडौं
अमेरिकामा बोइङ ७८७ ड्रीमलाइनर विमान आपतकालीन अवतरण

भारतको अहमदाबाद दुर्घटनामा एयर इन्डियाको बोइङ विमानमा भएको प्राविधिक गडबडीजस्तै अर्को घटना अमेरिकामा पनि प्रकाशमा आएको छ।

स्यान्टियागो जाँदै गरेको लाटम एयरलाइन्सको बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा प्राविधिक समस्या आएपछि लस एन्जलस विमानस्थलमा आपतकालीन अवतरण गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार यसअघि विमान प्रशान्त महासागरमाथि करिब एक घण्टासम्म घुमेको थियो । अवतरणको क्रममा विमानको राम एयर टर्बाइन (आरएटी) प्रणाली सक्रिय भएको थियो । 

आरएटी प्रणाली सक्रिय हुनुको अर्थ विमानको सामान्य विद्युत आपूर्तिमा ठूलो समस्या छ । इन्जिन फेल हुँदा वा विद्युतीय प्रणालीमा खराबी हुँदा यो सक्रिय हुन्छ ।

इन्धन आपूर्ति बन्द हुनु पनि कारण हुन सक्छ । यद्यपि, इन्जिनमा इन्धन आपूर्ति रोकिएको थियो कि थिएन भन्ने स्पष्ट छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्