११ असार २०८३, बिहीबार

कैलालीमा किशोरीको हत्या, १ जना पक्राउ

साउन १७, २०८२
काठमाडौं
कैलालीमा किशोरीको हत्या, १ जना पक्राउ

कैलालीमा किशोरीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका- १ का ३३ वर्षीय नृप साउद छन् ।

राजधानी सेकुवा एन्ड म:म सेन्टरमा काम गर्ने १७ वर्षीया किशोरी याचना सेजवालको हत्या ​गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका साउद र सेजवाल ​बर्दगोरिया गाउँपालिका- १ मा रहेको म:म सेन्टरमा सँगै काम गर्थे ।​​

शनिबार बिहान ९ बजेर ५० मिनेटको समयमा सेजवालमाथि साउदले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल हस्पिटल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।​

सेजवालको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्