
काठमाडौं, २४ मंसिर — जासूसीमा कोड वर्ड वा गोप्य भाषाको प्रयोग प्राचीनकालदेखि भइरहेको छ । विश्वप्रसिद्ध जासूसी संस्थाहरू सीआईए, केजीबी, रअ, मोसाद लगायतले कोड वर्ड प्रयोग गर्छन् ।
स्वतन्त्र जासूस पनि गोप्य भाषामा कुरा गर्छन् अनि आतंकवादी पनि ।
यहाँ हामी केही कोड वर्डका बारेमा कुरा गर्दैछौं ।
यसको इतिहास हेर्दा एकथरी कोड वर्डमा पूर्ण शब्दका लागि अलग अलग शब्द प्रयोग गरिन्छ भने अर्कोथरी भनेको साइफर हो र त्यसको लेख्ने तरिका नै फरक हुन्छ । अर्थात् हरेक अक्षरका लागि अक्षर वा चिह्न प्रयोग हुन्छ ।
अठारौं शताब्दीमा अमेरिकामा साइफर धेरै प्रयोग गरिन्थ्यो ।
रोमन सम्राट् जुलियस सीजरका पालामा उनकै नाममा आधारित जुलियस शिफ्ट प्रयोग गरिन्थ्यो । तर भविष्यका पुस्तालाई यो बुझ्नका लागि ८०० वर्ष लाग्यो ।
कोड वर्ड जासूसीका लागि महत्त्वपूर्ण हिस्सा हो । गोप्य भाषामा प्रयोग हुने शब्दका अनेकौं अर्थ हुन्छन् ।
अघिल्लो वर्ष भारतको दिल्लीमा पक्राउ परेका ६ पाकिस्तानी जासूस पिज्जा, बर्गर, कफी र पेप्सी जस्ता कोड वर्डमा कुराकानी गर्थे ।
पिज्जाको अर्थ अन्सल प्लाजामा भेट, बर्गर भन्नाले दिल्लीको पीतमपुरा इलाका अनि कफीको अर्थ प्रीत विहार मल हुन्थ्यो ।
सन् १९७० र १९८० को दशकमा बलिउड फिल्ममा सबभन्दा धेरै प्रयोग हुने कोड वर्ड लाल गुलाब र काला गुलाब थियो । अनि सयको ठूलो नोटको दुई हिस्सा जोड्नु पनि कोड वर्ड थियो ।
स्कटिश अमेरिकी जासूस एलन जे पिन्कर्टनले कोड वर्डलाई प्रसिद्ध बनाएका थिए । उनले अमेरिकी सरकारलाई धेरै मद्दत गरे । उनले पछि पिन्कर्टन नेसनल डिकेक्टिभ एजेन्सी पनि बनाए । सन् १८४९ मा पिंकर्टन शिकागो प्रहरीका पहिलो जासूस बनाइए ।
पहिलो विश्वयुद्धमा जर्मन नागरिक आर्थर शरबियसले कोड वर्डलाई डिकोड गर्नका लागि मशिन बनाएका थिए । यसको नाम पोलीअल्फाबेटिक स्ट्रीम साइफर मशिन थियो जसमा कीबोर्ड, लाइट प्यानल र एड्जस्टेबल रोटरहरू
थिए ।
एजेन्सी