
झापा २४ मंसिर– भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट फराकिलो मतअन्तरले विजयी भएका छन् ।
आइतवार दिउसो सम्पन्न मतगणना नतिजा अनुसार ओलीले ५७ हजार १ सय ३९ मत पाउदा प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत पाएका छन् ।
२०७० सालको संविधानसभा चुनावमा पनि ओली झापाबाट विजयी भएका थिए । वामपन्थी गठबन्धनको तर्फबाट ओली भावी प्रधानमन्त्रीका मुख्य दावेदार हुन् ।