१६ असार २०८३, मंगलबार

तनहुँको ऐनापहरामा बस दुर्घटना

साउन १८, २०८२
काठमाडौं
तनहुँको ऐनापहरामा बस दुर्घटना

तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको गरेको ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार अपरान्ह सवा चार बजे मर्स्याङ्दी नदीको तीरमा खसेको हो ।

बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार ५ जना घाइतेलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल पठाइएको छ । २ जना घाइतेको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भरतपुर अस्पताल पठाइएको छ ।

उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्