
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा लामाङले राजीनामा दिएका छन् ।
उनले आइतबार साँझ पदबाट राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि उनले राजीनामा दिएका हुन् । आफू संसदीय दलको नेतामा पराजित भए पनि लामाले राजीनामा नदिने अडान लिएका थिए ।
तर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि उनी राजीनामा दिन सहमत बनेका हुन् । गत बिहीबार सभापति देउवाले लामालाई बोलाएर छलफल गरेका थिए ।
अघिल्लो वर्ष मुख्यमन्त्री भएका लामा संसदीय दलको चुनावमा ईन्द्र बानियाँसँग पराजित भएका थिए । मत विभाजन र चुनावमा लामाले १४, बानियाँले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेसका ३७ सांसद मध्ये बहुसंख्यक सदस्यको मत पाउन नसकेपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब परेको थियो ।
१० महिना आलोपालोको सहमति भए पनि एक वर्ष पुग्न लाग्दासमेत लामाले मुख्यमन्त्री नछाड्ने अडान लिएका थिए ।