२४ जेठ २०८३, आइतबार

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

साउन १८, २०८२
काठमाडौं
भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा परेको लगातार वर्षाका कारण आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान गएको भियतनाम  विपद् व्यवस्थापन अधिकारीहरूले आइतबार जनाएका छन् ।

सबैभन्दा बढी असर दिएन बिएन प्रान्तको टिया डिन्ह र सा डुङ क्षेत्रमा परेको छ, जहाँ बाढीले १० जनाको मृत्यु र सात जना घाइते बनाएको भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि शनिबारसम्म लगातार परेको भारी वर्षाले आकस्मिक बाढी ल्याएको थियो । बाढीले धेरै गाउँहरूलाई बाह्य सम्पर्कबाट टाढा बनाएको छ, जसका कारण उद्धार र राहत कार्यमा कठिनाइ आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्