३१ जेठ २०८३, आइतबार

भोजन लिपी स्वादले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोका परिकार पस्किने

साउन १९, २०८२
काठमाडौं
भोजन लिपी स्वादले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोका परिकार पस्किने

कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले शुरू गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको हो ।

राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन शुरू गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवर्द्धन गर्न लागिएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोदोको उत्पादन प्रवर्द्धन र यसका परिकारको व्यवसायिकीकरण गर्ने प्रयोजनका निम्ति कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजन लिपि स्वादको सय संस्करणसम्म पुर्‍याउने योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्