२२ जेठ २०८३, शुक्रबार

इराकमा आईएस पूरै हारेको घोषणा, कसरी भयो यस्तो ?

मंसिर २४, २०७४
इराकमा आईएस पूरै हारेको घोषणा, कसरी भयो यस्तो ?

काठमाडौं, २४ मंसिर — कुनै समयमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) माथि विजय हासिल गर्नु असम्भव जस्तो लग्थ्यो । तर चार वर्षको संघर्षपछि अन्ततोगत्वा इराकले आईएसविरुद्धको युद्ध सकिएको घोषणा ग–यो । 

प्रधानमन्त्री हैदर अल–अबादीले बग्दादमा टीभीबाट जारी गरेको सन्देशमा भने, ‘मेरा प्यारा इराकीहरू, हाम्रो भूमि पूरै मुक्त भएको छ । स्वतन्त्रताको सपना वास्तविकता हो ।’

सिरिया र इराकको सीमामा अब बग्दादको सेनाको पूर्ण नियनत्रण छ । यस सीमावर्ती इलाकामा कथित इस्लामिक स्टेटको शासन कायम थियो तर नोभेम्बरमा रक्कामाथि कब्जा छुटेपछि सम्पूर्ण तस्वीर नै बदलियो । 

अमेरिकाको विदेश मन्त्रालयले ‘इराकमा आईएसको नीचतापूर्ण कब्जाको अन्त्य’ को स्वागत ग–यो । इराकले घोषणा गर्नुभन्दा दुई दिनअघि सिरियामा आईएसलाई हराउने उसको मिसन पूरा भएको छ । 

आईएसले सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभागमा कब्जा गरेको थियो । उसले आफैंलाई खलीफा घोषणा गरेर एक करोड मानिसमाथि शासन चलाएको थियो । 

तर विगत दुई वर्षयता उसको हारको सिलसिला शुरु भएको थियो । 

जुलाईमा इराकको सबभन्दा महत्त्वपूर्ण शहर मोसुल आईएसको नियन्त्रणबाट फुत्किएपछि अघिल्लो महिना उत्तरी सिरियाको शहर रक्का पनि गयो । केही मिडिया रिपोर्टहरूमा बताइएअनुसार, आईएसका लडाकूहरू सिरियाली शिविरहरूमा छरिएका छन् र टर्कीको सीमातर्फ गएका छन् । 

प्रधानमन्त्री अबादीका लागि यो गर्वलायक क्षण हो । यो जीत कुनै बेलामा गफ जस्तो मात्र लाग्थ्यो । तर आईएसविरुद्ध सैन्य युद्ध साँच्चिकै सकिएको छ । इराकी सेना अब पछि हट्न सक्छ । यस युद्धमा उनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ । 

तर यसको अर्थ इराक वा सिरिया वा बाँकी संसारमा कतै पनि आईएसको विचारधाराविरुद्ध लडाईं पूरै अन्त्य भयो भन्ने होइन । उनीहरू फेरि संगठित भएर उठ्ने क्षमता अझै राख्छन् । 

हालै उसले गरेको आक्रमण कम भएपनि इराकमा आत्मघाती आक्रमण भइरहेका छन् । 

जिहादलाई चर्काउने परिस्थिति अझै बदलिएका छैनन् र आईएसको कब्जाबाट छुटेका ठाउँमा पनि यस्तै परिस्थिति छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्