२८ जेठ २०८३, बिहीबार

रेस्टुरेन्टमा खाना खाँदा शाहाकारी थालीमा हड्डी भेटिएपछि हंगामा [भिडियो]

साउन १९, २०८२
काठमाडौं
रेस्टुरेन्टमा खाना खाँदा शाहाकारी थालीमा हड्डी भेटिएपछि हंगामा [भिडियो]

भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा केही साथीहरू खाना खान रेस्टुरेन्ट पुगे । केही साथीहरूले भेग (शाहाकारी) खाना अर्डर गरे भने केहीले ननभेज अर्डर गरे । उनीहरूले उत्साहका साथ खाए। 

यसैबीच, भेगको खाना खाइरहेको एक साथीले दाबी गरे कि उनको थालबाट हड्डी निस्कियो । साउनमा उनको थालमा हड्डी भेटिएपछि  सबै साथीहरू मिलेर हंगामा मच्चाए । रेस्टुरेन्ट मालिकले प्रहरीलाई फोन गरे । सीसीटीभी क्यामेरा जाँच गर्दा भने तथ्य अर्कै भेटियो । 

आज तकको रिपोर्ट अनुसार, गोरखपुरको शास्त्री चौकमा एउटा रेस्टुरेन्ट छ। जहाँ हरेक दिन सयौं मानिसहरू खाना खान आउँछन् । गत बिहीबार राति करिब १२ जना युवाहरू रेस्टुरेन्टमा खाना खान पुगेका थिए । यीमध्ये एक युवाले भेगको थालीमा हड्डी फेला परेको दाबी गर्दै हंगामा मच्चाए । 

भेगको थालीमा हड्डी मिसाइएको र साउन महिनामा धर्म भ्रष्ट गर्ने प्रयास भइरहेको उनको आरोप थियो । 

हल्ला बढ्दै गएको देखेर, रेस्टुरेन्ट मालिक रविकर सिंहले उनीहरूलाई सम्झाउन खोजे । हंगामा जारी रहेपछि रेस्टुरेन्ट मालिकले प्रहरीलाई फोन गरे । जब प्रहरीले घटनास्थलमा पुगेर रेस्टुरेन्टमा जडान गरिएका सीसीटीभी क्यामेराहरू जाँच गर्‍यो ।

जसमा एक व्यक्ति आफैंले मांसाहारी प्लेटबाट हड्डी उठाएर अर्को प्लेटमा हालेको देखिन्छ । पैसा तिर्न नपरोस् भनेर युवाहरूले हंगामा मच्चाएको उनको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्