२५ जेठ २०८३, सोमबार

जसले वामदेवलाई हराए, को हुन भूई ढोग्ने सञ्जय ?

मंसिर २४, २०७४
जसले वामदेवलाई हराए, को हुन भूई ढोग्ने सञ्जय ?

काठमाडौं २४ मंसिर– नेपाली कांग्रेसका ‘लो प्रोफाइल’ नेता सञ्जय गौतमले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई बर्दियामा पराजित गराएका छन् ।

२०७० सालको संविधानसभा चुनावमा बर्दिया र प्युठानबाट चुनाव जितेका गौतम यसपटक सगोत्री सञ्जयसँग पराजीत भएका हुन् । 

सिचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।

देउवा सरकारमा सिंचाइ मन्त्री बनेर पहिलो पटक गृहजिल्ला बर्दिया जादा सिमा क्षेत्रमा भूमिलाई ढोगेर सञ्जय चर्चामा आएका थिए । 

बर्दियाको माटोलाई शिरले छोएर मात्र जिल्ला प्रवेश गर्ने भन्दै मन्त्री गौतमले टोपी फुकालेर भूइमा ढोगेका थिए ।

बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमा मानखोलामा उत्रेर माटोलाई ढोगेको फोटोले सामाजिक सञ्जाल तताएको थियो । 

२०७० सालको संविधानसभा चुनावमा बर्दिया २ बाट एमालेका पूर्ण शर्मालाई पराजितगर्दै गौतम विजयी भएका थिए । 

एमाले उपाध्यक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए ।

गौतमले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका थिए । 

चुनाव जितेपछि लोकान्तरसंगको प्रतिक्रियामा गौतमले बर्दियाका जनताको स्नेह र आफूले गरेको कामका कारण  चुनाव जितेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्