२५ जेठ २०८३, सोमबार

कांग्रेससँग इतिहास मात्र होइन, भविष्य हाँक्ने क्षमता पनि छ : प्रकाशमान सिंह

साउन १९, २०८२
काठमाडौं
कांग्रेससँग इतिहास मात्र होइन, भविष्य हाँक्ने क्षमता पनि छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अबको कार्यभार आर्थिक समृद्धि रहेको भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए । 

​पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जोड दिँदै आएको भन्दै उनले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउनका लागि लगाउन आग्रह गरे ।

नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिनेभन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने बताए  ।​ 

'राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,' उनले भने ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले अहिलेको गठबन्धन परिस्थितिको उपज रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्