![प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Oli_Turkmenistan_2_LZiqNwIzx3.jpg)
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान पुगेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन उनी तुर्कमेनिस्तान पुगेका हुन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा शहर पुगेका हुन् ।
उनलाई तुर्कमेनवासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा शहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तुर्कमेनिस्तान गएका हुन् ।
तस्वीरहरू




