०१ असार २०८३, सोमबार

रौतहटमा १५९ मिलिमिटर वर्षा

साउन १९, २०८२
काठमाडौं
रौतहटमा १५९ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो । 

त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यता अर्घाखाँचीमा पनि १०४.२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ । 

त्यसैगरी दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्याम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । 

मौसमविद् रोजन लामिछानेले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताए । 

अहिले देशभर बदली छ । कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्