३१ जेठ २०८३, आइतबार

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा

साउन १९, २०८२
काठमाडौं
कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार  भएको छ । आज साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।  
    
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा ५२ दशमलव ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

यसैगरी, ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्