
राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योगका लागि अनलाइनबाट निवेदन दिन सक्ने भएका छन् ।
बोर्डले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार साउन २० गते (आज) दिउँसो १:०० बजेदेखि साउन २९ गते साँझ ५:०० बजेसम्म पुनर्योगका लागि परीक्षार्थीले अनलाइन फाराम भर्न सक्नेछन् ।
पुनर्योग फाराम कसरी भर गर्ने?