
वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मीना कुँवर रहेकी छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
मीनाले अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
मीनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।