२१ जेठ २०८३, बिहीबार

‘हीर एक्सप्रेस’को प्रदर्शन मिति सारियो, अब कहिले लाग्छ हलमा ?

साउन २०, २०८२
काठमाडौं
‘हीर एक्सप्रेस’को प्रदर्शन मिति सारियो, अब कहिले लाग्छ हलमा ?

बलिउड चलचित्र ‘हीर एक्सप्रेस’को रिलिज मिति सारिएको छ । यसअघि यही साउन २३ गते (अगस्ट ८) लाई तय गरिएको फिल्म अब भदौ २७ गते (सेप्टेम्बर १२) मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

दिविता जुनेजा, प्रीत कमानी र आशुतोष राणाको मुख्य भूमिका रहेको फिल्मको रिलिज मिति मंगलबार निर्माण पक्षले नयाँ पोस्टरमार्फत् सार्वजनिक गरेको हो । 

‘केही यात्राहरू प्रतीक्षाको लायक हुन्छन्’ भन्ने सन्देशसहित पोस्ट गरिएको पोस्टरमा ‘हीर एक्सप्रेस’ भदौ २७ गतेदेखि सिनेमा घरमा लाग्ने उल्लेख गरिएको छ ।

साउन २३ गते रिलिज हुने भएमा यो चलचित्रको भिडन्त ‘अन्दाज २’ सँग हुने तय थियो । रिलिज मिति सारिएपछि अब उक्त टक्कर टरेको छ । अब ‘हीर एक्सप्रेस’ सेप्टेम्बरमा एक्लै प्रदर्शनमा आउने सम्भावना छ ।

फिल्ममा दिविता जुनेजाले महत्वाकांक्षी सेफ ‘हीर वालिया’को भूमिका निर्वाह गरेकी छन्, जो आफ्ना सपना पूरा गर्न विदेश जान्छिन् । भारतीय परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित उनले अघि बढेको यात्रामा आएका संघर्ष र उतारचढाव चलचित्रको मूल कथावस्तु हो ।

चलचित्रमा निहारिका रायजादा, रोहित चौधरी, संजय मिश्र र पंकज झा पनि मुख्य भूमिकामा देखिने छन् । फिल्मको निर्देशन उमेश शुक्लाले गरेका हुन् । 

पारिवारिक स्वादमा तयार गरिएको यो फिल्म इमोशनल ड्रामा र जीवन यात्राको समिश्रणको रूपमा प्रस्तुत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्