०६ असार २०८३, शनिबार

वादोरियो कराँते टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न श्रीलंका जाँदै

साउन २०, २०८२
काठमाडौं
वादोरियो कराँते टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न श्रीलंका जाँदै

पाँचौं खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराँते टोली बुधबार श्रीलंका प्रस्थान गर्ने भएको छ ।

प्रतियोगिता अगस्ट ७ र ८ तारिखमा आयोजना हुनेछ । प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्नेछन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलमा राजकुमार कार्की रहेका छन् ।

टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वमन्त्री शक्ति बस्नेतलगायतले मंगलबार बिदाइ गरे ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्