
अमेरिकाको चेतावनीका बीच रूसका लागि भारतीय राजदूत विनय कुमारले रूसी उपरक्षामन्त्री जनरल अलेक्ज्याण्डर फोमिनसँग भेट गरेका छन्।
रूसी रक्षा मन्त्रालयका अनुसार, बैठक मैत्रीपूर्ण र सकारात्मक वातावरणमा भएको थियो । दुवै पक्षबीच रक्षा क्षेत्रमा हुने आपसी सहयोगबारे विस्तृत छलफल गरिएको बताइएको छ।
भारतीय पक्षले रणनीतिक साझेदारीको भावना अनुसार द्विपक्षीय रक्षा सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
यो भेट यस्तो समयमा भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट कच्चा तेल खरिद गरेको भन्दै भारतमाथि २४ घण्टाभित्र कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।