०५ साउन २०८३, मंगलबार

एमाले नेता मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा

साउन २१, २०८२
काठमाडौं
एमाले नेता मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता पशुपति दयाल मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् ।   उच्च अदालत तुलसीपुर नेपालगञ्जले बुधबार मिश्रसहित प्रतिवादीहरु राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा पठाएको हो। 

राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले १४ साउनमा बैंकका तत्कालीन अध्यक्षसहित १०९ जनाविरुद्ध ३ अर्ब २० करोड रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको थियो।

दयाल उक्त बैंकका पूर्वअध्यक्ष हुन् । 

salt training

कमेन्ट गर्नुहोस्