०५ साउन २०८३, मंगलबार

कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंका, खोजी शुरु

साउन २२, २०८२
काठमाडौं
कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंका, खोजी शुरु

बुधबार साँझ कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य शुरु गरिएको छ ।

 स्याङजाको गल्याङ्ग नगरपालिका- ५ सेतिवेणीस्थित कालीगण्डकी नदिको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाईल र बच्चाको जुत्ता फेला परेकोमा उक्त सामान सोही  जिल्ला कालीगण्डकी गाउँपालिका- ४ विर्घा बस्ने बर्ष २७ कि श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको बुझिन आएको सशस्त्र प्रहरीले जनाएको छ । 

 उनीहरु सम्पर्कमा समेत नरहेकोले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानै देखि सशस्त्र प्रहरि बल नेपाल  नं. ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा  सुरक्षाफौज  परिचालन गरि खोजी कार्य शुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
 बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्