२२ जेठ २०८३, शुक्रबार

क्रेनले फलाम उठाउने क्रममा अपरेटरको टाउकोमा लाग्यो, उपचारको क्रममा मृत्यु

साउन २२, २०८२
बारा
क्रेनले फलाम उठाउने क्रममा अपरेटरको टाउकोमा लाग्यो, उपचारको क्रममा मृत्यु

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।

 क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । 

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्