२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

रोधीघरमा गुण्डागर्दीदेखि हितेन्द्रदेव हटाउन ऊर्जामन्त्रीको लबिङसम्म

साउन २२, २०८२
काठमाडौं
रोधीघरमा गुण्डागर्दीदेखि हितेन्द्रदेव हटाउन ऊर्जामन्त्रीको लबिङसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राजनीतिमा फर्किने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको ‘च्याप्टर क्लोज’ भएको भन्दै नेकपा एमाले ढुक्कले विधान महाधिवेशनको तयारीमा लागेको छ ।
विधान महाधिवेशन नजिक आउँदा भण्डारीले एमालेको सक्रिय राजनीति गर्ने घोषणा गरेकी थिइन् । तर, केन्द्रीय कमिटीले साउन ६ गते उनका लागि बाटो बन्द गरिदियो । राष्ट्रपति भइसकेकी भण्डारीको सदस्यता नै स्वीकृत नगर्ने राजनीतिक निर्णय एमालेले लिएको हो ।

यस्तो निर्णय नगर्दासम्म भण्डारीको विषय के हुने, विधान महाधिवेशन उनको संलग्नताबारे कसरी अगाडि बढ्ने भन्नेमा एमाले बडो द्विविधामा थियो । यस्तोमा विधान महाधिवेशन सार्नेसम्मको चर्चा एमालेभित्र थियो । तर, जब असार ६ गते मध्यराति एमालेले ‘भण्डारी पूर्व राष्ट्रपतिकै सम्मानमा बस्नुपर्ने, राजनीतिमा फर्किन नहुने’ निर्णय र्गयो, त्यसपछि भने एमाले ढुक्क भएको छ । यसैले तोकिएकै भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनमा होमिने तयारीमा एमाले छ ।
००००
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा  धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह  बीच झडप भएको छ । 
 जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप  बगैचामा बुधबार साँझ करीव सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने  क्रममा झडप भएको हो ।
००००
प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
००००
काठमाडौंको माछापोखरीमा मध्यरातमा गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

माछापोखरीमा रहेको राजधानी रोधीघरमा पुगेका उनीहरूले युवतीमाथि अश्लील हर्कत देखाउनुका साथै धारिलो हतियार प्रदर्शन गरी धाकधम्की दिएका थिए । पीडितले प्रहरीलाई बताए अनुसार उनीहरूले त्यहाँ कार्यरत युवतीमाथि हातपातको प्रयास समेत गरेका थिए ।

घटना मंगलबार मध्यराति १२ स्४० बजेतिरको हो । चार जनाको समूह होहल्ला गर्दै पुगेर अभद्र व्यवहार गरेपछि प्रहरी बोलाइएको थियो । घटनाबारे खबर पुग्नेबित्तिकै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चारै जनालाई रोधीघरको बाहिरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका(५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका(३ सूर्यदर्शन हाइट बस्ने ३७ वर्षीय दीपक कार्की, नुवाकोटको ककनी गाउँपालिका(५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्ने निरज गुरुङ, टोखा  सरस्वती टोल बस्ने २८ वर्षीय रोशन डंगोल र टोखा गणेशस्थान बस्ने २४ वर्षीय रोहन डंगोल रहेका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
००००
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता पशुपति दयाल मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् ।   उच्च अदालत तुलसीपुर नेपालगञ्जले बुधबार मिश्रसहित प्रतिवादीहरु राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा पठाएको हो। 

राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन पेस गरेका छन् । 

हाल रुपन्देहीमै सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले पेस गरेको निवेदनमा बुधबार पेसी तोकिएपछि उनकै कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई सोही दफा ७१ बमोजिम आदेश गरी पाउँ भन्दै उनले साउन १९ मै मुद्दा दायर गरेका थिए ।
००००
सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्ने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाबीच साझा उम्मेदवार खडा गर्नेबारेमा पहल भएपनि जनमतले त्यसमा असहमति राखेको हो ।
००००
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाको फरक फरक मुद्दामा विशेष अदालतले फैसला सुनाएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको छ भने अर्को मुद्दाको सजाय निर्धारणका लागि यही साउन २९ गते पेसी तोकेको  छ।
००००
सेयर कारोबारी, सिप्रवी सेक्युरिटीका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

बुधबार पक्राउ परेका श्रीवास्तवलाई म्याद थपका लागि प्रहरीले बुधबार नै काठमाडौं जिल्ला अदालत पेस गरेको थियो । अदालतले ३ दिनको म्याद थप दिएको हो ।
००००
गायक पशुपति शर्मा सवार गाडी स्याङ्जाको भीरकोटमा दुर्घटनामा परेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।
००००
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्य र ऊर्जामन्त्री दीपक खड्काबीचको द्वन्द्व उत्कर्षमा पुगेपछि प्राधिकरणको बजेट समेत पास नहुने अवस्था आएको छ ।

पछिल्लो समय मन्त्री खड्काले कानूनविपरीत ४ सयभन्दा बढी कर्मचारी सरुवा गर्न समय तोकेरै दबाब दिएपछि एमडी शाक्य तनावमा छन् । साउन १ गतेदेखि नै कार्यान्वयनमा जानुपर्ने बजेट अहिलेसम्म पास हुन सकेको छैन ।

त्यस्तै, मन्त्री खड्काले आफ्नो निर्देशन नमानेको भन्दै एमडी शाक्यलाई जसरी पनि हटाउनुपर्ने भन्दै लबिङ थालेका छन् ।
मन्त्रीनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘चेन अफ कमान्ड नमान्नेले मार्ग प्रशस्त गर्नुपर्छ । जनताले चुनेर मन्त्री बनाएकाहरूलाई कर्मचारीले अड्काउने प्रयास गर्नु व्यर्थ छ ।’ यसअघि खड्काले प्रधानमन्त्री केपी ओली समेतको साथ लिएर कुलमान घिसिङलाई हटाएका थिए । 
००००
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । बुधबार नेप्से परिसूचक १.९४ अङ्कले घटेर २८३२.०६ को विन्दुमा कायम भएको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो पटक गृहमन्त्री बनेका ५ जना मध्ये रास्वपा सभापति रवि लामिछानेको पालामा सबभन्दा धेरै मानिस भिजिट भिसाको नाममा बाहिरिएको तथ्याङ्क संसद्मा पेस गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस महामन्त्री शर्माले पछिल्ला ५ गृहमन्त्रीको शुरूका १५० दिनको तथ्याङ्क संसदमा पेस गर्दै लामिछानेको पालामा धेरै गएको देखिएको बताएका हुन् । लामिछाने १६४ दिन गृहमन्त्री बनेका थिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका मनीष झाले नैतिकताको प्रश्न खतिवडातर्फ सोझिएको बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्