२२ जेठ २०८३, शुक्रबार

मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

साउन २२, २०८२
काठमाडौं
मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

एभरेष्ट महिला भलिबल लिगमा सहभागी टोलीमध्येको एक मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले खेल संस्कृति र मधेशको गर्वलाई एउटै प्रतिकमा समेटेको क्लबले जनाएको छ ।

नयाँ लोगो हरियो रङको रहेको छ । ‘खेलकुद र संस्कृतिको संयोजन रहेको नयाँ लोगोको केन्द्रमा भलिबल राखिएको छ । यसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारैतिरको लहर भनेको भलिबलको गतिशिलता, उर्जा र तिब्रताको प्रतिक हो’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नयाँ लोगोको माथिल्लो भागमा जानकी मन्दिरको प्रतिक रहेको छ । यसले मधेश प्रदेशको सांस्कृतिक पहिचान र धार्मिक सम्पदालाई दर्शाउने क्लबले जनाएको छ । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको पनि क्लबले जनाएको छ ।

मधेश युनाइटेड टोलीको मार्की खेलाडी निरुता ठगुन्ना हुन् । अन्य खेलाडीमा आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिष्ट, वविता बोहरा र वसन्ती साउद रहेका छन् । टोलीको प्रशिक्षकमा कोपिला उप्रेती र ब्रान्ड एम्बेसडरमा नीति शाह रहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्