२९ जेठ २०८३, शुक्रबार

यूएस ओपन टेनिसको पुरस्कारमा उल्लेख्य वृद्धि : पुरुष एकलतर्फको विजेताले अब ७० करोड पाउने

साउन २२, २०८२
काठमाडौं
यूएस ओपन टेनिसको पुरस्कारमा उल्लेख्य वृद्धि : पुरुष एकलतर्फको विजेताले अब ७० करोड पाउने

टेनिसको चार चर्चित ग्रान्डस्लाम प्रतियोगितामध्येको एक यूएस ओपनले आफ्नो पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ । आगामी संस्करणदेखि प्रतियोगिताको विजेता खेलाडीहरूले बढेको पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजकका रूपमा पुरुष एकलतर्फको विजेताले ५० लाख अमेरिकी डलर (करिब ७० करोड नेपाली रुपैयाँ) नगद पुरस्कार हात पार्नेछन् । महिला एकलतर्फको विजेताले पनि ५० लाख अमेरिकी डलर नै नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको कूल पुरस्कार राशि भने नौ करोड अमेरिकी डलर रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, विश्व टेनिसको हालसम्मको इतिहासमै यो सर्वाधिक पुरस्कार राशि हो ।

पुरुष र महिला एकलतर्फको विजेताको पुरस्कार राशिमा अघिल्लो संस्करणको तुलनामा ३९ प्रतिशत वृद्धि गरिएको हो । सन् २०२४ मा महिला र पुरुष एकलतर्फको विजेताले ३६ लाख अमेरिकी डलर नगद पुरस्कार पाएका थिए ।

कुल पुरस्कार राशिमा भने अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बृद्धि गरिएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष यूएस ओपनको कूल पुरस्कार राशि सात कुरोड ५० लाख अमेरिकी डलर रहेको थियो ।

अर्को चर्चित ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको कुल पुरस्कार राशी पाँच करोड ३५ लाख पाउण्ड रहेको छ । विम्बल्डनमा महिला र पुरुष एकलतर्फका विजेताले जनही ३० लाख पाउण्ड नगद पुरस्कार प्राप्त गर्छन् ।

यूएस ओपनको आगामी संस्करणदेखि पहिलो चरणबाटै बाहिरिने खेलाडीले पनि एक लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । विगतको तुलनामा यसमा १० प्रतिशतले बृद्धि गरिएको आयोजकले जनाएको छ । यूएस ओपन टेनिसको १४५औँ संस्करण अगस्त २४ देखि सेप्टेम्बर ७ तारिखसम्म आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्