३० असार २०८३, मंगलबार

बिमिरे भञ्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

साउन २२, २०८२
लमजुङ
बिमिरे भञ्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । 

पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । 

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्