
पोखरा, २४ मंसिर - पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा आज दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका र तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।