२२ जेठ २०८३, शुक्रबार

कोशी प्रदेशसभाः विधेयक बहुमतले अस्वीकृत

साउन २२, २०८२
विराटनगर
कोशी प्रदेशसभाः विधेयक बहुमतले अस्वीकृत

कोशी प्रदेशसभाको आजको बैठकमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले उक्त विधेयक सदनमा टेबुल गरेका थिए । बैठकमा सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गरेको विधेयक बहुमतले अस्वीकृत भएको थियो ।

सो विधेयक २०८१ साल फागुन २८ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्