
सन्धिखर्क, २५ मंसिर – अर्घाखाँचीको क्षेत्र नं. १ मा माओवादी केन्द्रका टोपबहादुर रायमाझीको अग्रता कायमै छ ।
पछिल्लो मतगणनाअनुसार टोपबहादुर रायमाझीले ३२ हजार १ सय ८० मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीले २१ हजार ७ सय ४७ मत ल्याएका छन् ।