२४ जेठ २०८३, आइतबार

कैलाली कारागारमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

साउन २४, २०८२
काठमाडौं
कैलाली कारागारमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

कैलाली जिल्ला कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले लोकान्तरलाई जानकारी दिए ।

मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए ।  झडपका क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा राखिएको छ ।

उनका अनुसार झडपमा एक ४७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । एक जनाको आईसीयूमा र बाँकीको सामान्य उपचार भैरहेको उनले बताए । 

शुक्रबार राति १ बजे झडप भएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्