२६ जेठ २०८३, मंगलबार

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ

साउन २५, २०८२
काठमाडौं
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

काठमाडौंको पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी बेचेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आर्यघाटमा लामो समय काम गरेका घाटे (शव जलाउने व्यक्ति) गणेश ढकाल छन् ।

प्रहरी वृत्त गौशाला प्रमुख डीएसपी शुकदेव खनालका अनुसार ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा झिकेको देख्ने मलामीले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालिएको छ । ‘ढकाल अहिले हाम्रो नियन्त्रणमा छन्, उनले हड्डी झिकेर जोगीलाई बिक्री गरेको स्वीकार गरेका छन्,’ खनालले लोकान्तरसँग भने, ‘तर, आफ्नो आँखा कमजोर भएकाले कसलाई बिक्री गरेको हो, त्यो ठम्याउन नसकेको बयान दिएका छन् ।’

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ का राम शाहीको शव शुक्रबार जलाउन पशुपति आर्यघाटमा लगिएको थियो । शाहीको शव ढकालले नै जलाएका थिए ।

डीएसपी खनालका अनुसार ढकालविरुद्ध कुन कसुरमा कारबाही गर्न अदालतबाट म्याद लिने भन्ने विषयमा सरकारी वकिलसँग परामर्श लिने काम भइरहेको छ ।

ढकालले तीन/चार सय रुपैयाँमा हड्डी बिक्री गरेको प्रहरीलाई जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्